गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पुन पदमुक्त भएका छन् ।
उनलाई ह्वीप उल्लङ्घन गरेको आरोपमा फेरि पदमुक्त गरिएको एक नेताले जानकारी दिए ।
बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विश्वासको मत लिने प्रस्तावमा जनमोर्चाले आफ्ना सदस्यहरुलाई विपक्षीमा मतदान गर्नका लागि ह्वीप जारी गरेको थियो तर थापा ह्वीप उल्लङ्घन गर्दै तटस्थ बसेका थिए ।
हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पदमुक्त भएका थापा कानुनी उपचारका लागि अदालत गएपछि उनलाई न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो ।