काठमाडौँ । झापाको वि एण्ड सी मेडिकल कलेजलाई सरकारले सम्बन्धन दिने तयारी गरेको भन्दै विरोध प्रदर्शन गर्ने प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
वृहत् नागरिक आन्दोलनले गरेको विरोध प्रदर्शनमा बालुवाटारबाट पत्रकार नारायण वाग्लेसहित ८ जना नागरिक अगुवाहरु पक्राउ परेका हुन् ।
उनीहरुले चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै त्यसको विरुद्धमा प्रदर्शन गरेका थिए ।