गण्डकी प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री दिपक मनाङेले आफु बैकल्पिक सरकार निर्माण गर्नेतर्फ लागेको बताएका छन् ।
उनले आफ्नो राजीनामापत्रमार्फत यस्तो बताएका हुन् ।
‘विपक्षी गठवन्धनमा सामेल भइ बैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले मुख्यमन्त्रीले प्रद्शसभामा राख्नुभएको विश्वासको मत लिने प्रस्ताव निर्णयार्थ पेश भएको दिनमा अनुपस्थित बनेको हुँ ।’ उनले भनेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने बेलामा उनी प्रदेश सभा बैठकमा अनुपस्थित रहेका थिए ।
सरकार पक्षमा रहेका मनाङेले आफु एकाएक विपक्षी गठबन्धनमा लागेको घोषणा गरेका थिए ।