धनुषामा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको छ ।
पोखरीमा पौडी खेल्ने क्रममा डुबेर १० देखि १४ वर्ष उमेरका पाँच बालिकाको ज्यान गएको बताइएको छ ।
हालसम्म पोखरीबाट ५ जना बालिकाको शव निकालिएको र दुई बालिका अझै बेपत्ता भएको पनि दुई जनाको अझै खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पल्टु यादवकी १२ वर्षीय छोरी लक्ष्मीनिया यादव, जगरनाथ ठाकुरकी नातिनी १२ वर्षीय चादँनी ठाकुर, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीय छोरी मन्जु पूर्वे, र उत्तिम साह तेलीकी १२ वर्षीय छोरी ललिता साह तेली रहेको बताइएको छ ।