नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले निषेधाज्ञाबाट फाइदा उठाउन खोजेको बताएका छन् । त्यस्तै उनले काेराेनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञा बाट फाइदा उठाउने प्रपन्च गरे देशको सचेत नागरिक सडकमा आउनुको विकल्प नहुने बताएका छन् ।
नेता थापाले शुक्रबार ट्वीटरमा ट्वीट गर्दै यस्तो बताएका हुन् ।
‘निषेधाज्ञा उल्लङ्घन गरेर सडकमा आउनु गलत हो।तर जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि,जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै ,काेराेनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञा बाट फाइदा उठाउने प्रपन्च गर्छ,देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन।’ उनले लेखेका छन् ।
सरकारले निजी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको विरोधमा अभियन्ताहरू विरोधमा उत्रिएका छन् । विरोधमा उत्रिएको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निषेधाज्ञा उल्लङ्घन गरेर सडकमा आउनु गलत हो।तर जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि,जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै ,काेराेनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञा बाट फाइदा उठाउने प्रपन्च गर्छ,देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन।
— Gagan Thapa (@thapagk) June 11, 2021