पोखराबाट पक्राउ गुन्डा नाइके गणेश लामा विनाशर्त रिहा भएका छन् ।
कास्कीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आदेश दिएसँगै लामासहित पक्राउ परेका चन्द्र लामा र रमेश खड्का रिहा भएका हुन् ।
उनीहरुलाई लकडाउन उल्लङ्घन गरेको भन्दै पोखराको एक होटेलबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनी पक्राउ परेपछि काभ्रे काँग्रेसले रिहाइको माग गरेको गरेको थियो।
उनी वाग्मती प्रदेश सभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवर हुन् ।
सत्ता पक्षले लामालाई गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव गुरुङलाई विपक्षी गठबन्धनमा ल्याउनका लागि भूमिका खेलेको आरोप समेत लगाएको थियो ।