काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
काँग्रेसको १४ औं महाधिवेशका विषयमा छलफल गर्नका लागि भोली दिउँसो २ बजे बुढानिलकण्ठमा बैठक बोलाइएको एक नेताले जानकारी दिए ।
सभापति देउवाले जसरी पनि भदौमा नै महाधिवेशन गर्ने भन्ने प्रतिबद्धता जनाएका छन् । तर अहिलेसम्म महाधिवेशनका लागि कुनै पनि तयारी देखिएको छैन ।
नियमित प्रक्रियाअनुसार १६ महिनाअघि नै १४ औँ महाधिवेशन सम्पन्न हुनुपर्नेमा विशेष परिस्थिति देखाउँदै समय थप गरिएको थियो ।