एमाले सरकार ढलेसँगै गण्डकीमा नयाँ सरकार गठनका लागि २४ घण्टे समयसीमा-Sutra News

एमाले सरकार ढलेसँगै गण्डकीमा नयाँ सरकार गठनका लागि २४ घण्टे समयसीमा

शुक्रबार, २८ जेष्ठ २०७८

शुक्रबार, २८ जेष्ठ २०७८

एमालेको सरकार ढलेसँगै गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।



संविधानको १६८ (५) अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै उनी पदमुक्त भएका थिए । हिजो बिहीबार भएको मतदानमा उनको पक्षमा जम्मा २७ मत खसेको थियो भने उनको विपक्षमा ३० मत खसेको थियो ।

gandaki.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट