नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले देशमा चलिरहेको राजनीतिक असमझदारीको चक्रलाई परिवर्तन गर्नुपर्ने बताएका छन् ।
प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमका विषयमा बोल्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।
बैठकमा उनले आफ्नो पक्षमा पूर्णबहुमत रहेको दाबी गर्दै अन्य विवाद नल्याउनका लागि विपक्षी दलहरुलाई आग्रहसमेत गरेका छन् ।
उनी आफुले संसदभित्रको राजनीतिक गणितमा विश्वास गर्ने बताएका छन् । त्यस्तै उनले आफ्नो बहुमत रहने बेलासम्म मात्र मुख्यमन्त्रीको पदमा बस्ने र बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा नबस्ने उल्लेख गरेका छन् ।