नागरिकतासम्बन्धी अध्यादेशलाई रोक्दा समस्या भयावह हुन्छ- ठाकुर-Sutra News

नागरिकतासम्बन्धी अध्यादेशलाई रोक्दा समस्या भयावह हुन्छ- ठाकुर

शुक्रबार, २८ जेष्ठ २०७८

शुक्रबार, २८ जेष्ठ २०७८

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत भएको बताएका छन् । उनले अदालतले नागरिकता सम्बन्धी अध्यादेश रोके नागरिकतासम्बन्धी समस्या भयावह हुने उल्लेख गरेका छन् ।



शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।

उनले नागरिकताको अभावमा धेरै नागरिकहरु रोजगार, शिक्षा, व्यापारबाट बन्चित भएको उल्लेख गरेका छन् ।

त्यस्तै जसपाका अर्का नेता तथा उपप्रधानमन्त्री राजेन्द्र महतोले देश र जनताको लागि काम गर्ने अवसर पाएको हुँदा आफुले त्यो समयलाई सदुपयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट