अदालतको आदेशविरुद्ध पुनरावलोकनमा जाने तयारीमा एमाले-Sutra News

अदालतको आदेशविरुद्ध पुनरावलोकनमा जाने तयारीमा एमाले

शुक्रबार, २८ जेष्ठ २०७८

शुक्रबार, २८ जेष्ठ २०७८

अदालतको आदेशविरुद्ध नेकपा एमाले पुनरावलोकन जाने भएको छ ।



दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई अदालतले मान्यता नदिएसँगै नेकपा एमाले पुनरावलोकन जान लागेको हो ।

अदालतको आदेश विरुद्ध पुनरावलोकन जाने तयारी भइरहेको एक नेताले जानकारी दिए ।

हिजो बिहीबार सर्वोच्च अदालतले नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीलाई मान्यता दिन अस्वीकार गरेको थियो  ।

कर्णाली प्रदेशको एमालेका चार सांसदलाई कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सो आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट