भक्तपुरमा माओवादी केन्द्रले गर्यो राहत वितरण-Sutra News

भक्तपुरमा माओवादी केन्द्रले गर्यो राहत वितरण

शुक्रबार, २८ जेष्ठ २०७८

शुक्रबार, २८ जेष्ठ २०७८

भक्तपुर / नेकपा माओवादी केन्द्र भक्तपुरले सहिद वेपत्ता र विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।



माओवादीले वाइसियल नेपाल भक्तपुरसमेतको सक्रियतामा राहत वितरण गरेको हो ।

माओवादी केन्द्रले जिल्लाको सूर्य विनायक नगरपालिकामा नगरपालिकाका सहिद तथा वेपत्ताका ३ घर परिवारलाई सहयोग उपलब्ध गराएको छ ।

त्यस्तै चागुनारायणा नगरपालिकाका ४२ घर विपन्न परिवार गरी ४५ घर परिवारलाई खाद्यान्न उपलब्ध गराएको नेता डीपी ढकालले जानकारी दिए  ।

ती परिवारलाई कोरोनाका कारण बन्दको समयमा राहत स्वरूप दाल, चामल, नुन तेल उपलब्ध गराएको  माओवादी भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट