पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा विभाजन नभएको बताएका छन ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।
‘जसपा त विभाजन भयो नि ?’ भनी प्रश्नको उत्तर दिंदै भट्टराईले जसपाका केही नेताहरु अन्त जाँदैमा विभाजन हुन् नसक्ने बताएका हुन् । ‘जसपा विभाजन भएको छैन,’ उनले भने, ‘केही नेताहरु अन्त जाँदैमा यसलाई विभाजन भएको भन्न मिल्दैन जसपा एकढिक्का छ ।’
त्यस्तै उनले ६ महिनाभित्र चुनाव नहुने बताएका छन् । ‘ चुनाव गर्ने सरकारको नियत छैन । चुनाव गर्न चाहेको भए यसरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश जारी हुने थिएन ।’ उनले भने ।