गण्डकीमा एमालेको सरकार ढलेसँगै प्रदेशमा नयाँ सरकारका गठनका लागि लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दावी पेस गरेका छन् ।
उनले शुक्रबार आफ्नो बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आफ्नो दाबी पेस गरेका हुन् ।
कसरी जुट्यो बहुमत ?
मुख्यमन्त्रीमा दाबी गरेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकसहित ३१ सांसदको समर्थन रहेको छ ।