काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौंको तिनकुनेमा प्रदर्शन गरिएको छ । केही युवाहरूले टायर बालेर प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘केपी ओली मुर्दावाद’को नारा लगाएका छन् । प्रहरीले उनीहरूलाई तितरबितर पारेर टायर हटाएको छ ।
प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन, मन्त्रिमण्डल विस्तार लगायतका कार्यको चौतर्फी विरोध भइरहेको छ ।
शुक्रबारै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने नागरिक अगुवाहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।