संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थामा सुधार-Sutra News

संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थामा सुधार

शुक्रबार, २८ जेष्ठ २०७८

शुक्रबार, २८ जेष्ठ २०७८

काठमाडौं- वाङ्यमय शताब्दी पुरुष सत्यमोहन जोशीको छातीमा समस्या देखिएपछि गत बुधबार साँझबाट ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । उनलाई छातीमा निमोनिया देखिएपछि भर्ना गरिएको कलेजका निर्देशक सुरज बज्राचार्यले बताए ।



उनले भने, ‘आज उहाँको अवस्था सामान्य भइसकेको छ । साविकसरह खानपिन पनि गर्न थालिसक्नुभयो । कोरोना रिपोर्ट नेगेटिभ आइसक्यो ।’ उनका भतिज तथा उद्योग वाणिज्य संघ, ललितपुरका पूर्वाध्यक्ष अजरमान जोशीले आजा उनको स्वास्थ्यमा निकै सुधार भएको र आगामी आइतबार घर फर्काइने सम्भावना रहेको बताए ।

गत वैशाख ३० देखि जोशी एक सय एक वर्ष पुरा गरी एक सय दुई वर्षमा प्रवेश गरेका छन् । मुलुकमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना महामारीबीच जोशी निवास बखुम्बहाल पुगेर उनको जन्मोत्सवको अवसरमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सुस्वास्थ्य एवम् दिर्घायुको कामना गरेका थिए ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट