गण्डकीको विषयमा बिमलेन्द्रले भने- मतपेटिका सिल गर्न ५ बजेसम्म पर्खने चलन छैन, अति भय‍ो !-Sutra News

गण्डकीको विषयमा बिमलेन्द्रले भने- मतपेटिका सिल गर्न ५ बजेसम्म पर्खने चलन छैन, अति भय‍ो !

शुक्रबार, २८ जेष्ठ २०७८

शुक्रबार, २८ जेष्ठ २०७८

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेललाई तत्काल मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।



कांग्रेससहित विपक्षी गठबन्धनले मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष बहुमतको पत्र पेश गरेका छन् । तर प्रमुख पौडेलले शनिबारसम्म मात्रै निर्णय गर्ने बताइरहँदा उपसभापति निधिले म्यादकै कारण पर्खनु लोकतन्त्र र निर्वाचन परम्पराको उल्लंघन भएको आरोप लगाएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा निधिले भनेका छन्, ‘गण्डकी प्रदेशमा बहुमत पुग्ने ३१ जना सदस्यसहित उपस्थित भएपनि मा.कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा तत्काल नियुक्ति नगरी भोलिसम्म म्यादकै कारण पर्खनु लोकतन्त्र र निर्वाचन परम्पराको उल्लंघन हो । चुनावमा सबै मतदाताले मतदान गरिसकेपछि मतपेटिका सिल गर्न ५ बजेसम्म पर्खने चलन छैन । अति भय‍ो !!’’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट