मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्रीको सत्तालिप्साको चरम बेथितिः डा.भीम रावल-Sutra News

मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्रीको सत्तालिप्साको चरम बेथितिः डा.भीम रावल

शुक्रबार, २८ जेष्ठ २०७८

शुक्रबार, २८ जेष्ठ २०७८

काठमाडौं- नेकपा एमालेका नेता डा.भीम रावलले मन्त्रिपरिषद् विस्तार सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा पुनःमन्त्रिपरिषद् विस्तार गर्नु संविधानको मर्ममाथि घात भएको बताएका छन् ।



शुक्रबार साँझ सामाजिक सञ्जालमा लेख्दै डा.रावलले भने,‘काम चलाउ प्रमंबाट मन्त्रिपरिषद् विस्तार गरिएको विषयको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेकै स्थितिमा मन्त्रिपरिषद्को पुनः विस्तार जसरी गरियो त्यसले संविधानको मर्म,लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि घात गरेको छ ।’

डा.रावलले मन्त्रिपरिषद् विस्तार गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तालिप्साको चरम बेथिति भएको बताएका छन् । प्रधानमन्त्री ओलीले (२७ जेठ) बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

काम चलाउ प्रमंबाट मन्त्रिपरिषद् विस्तार गरिएको विषयको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेकै स्थितिमा मन्त्रिपरिषद्को पुनः विस्तार जसरी गरियो त्यसले संविधानको मर्म,लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि घात गरेको छ।यो सत्तालिप्साको चरम बेथिति र मं.प.को गम्भीर अवमूल्यन हो।

— Dr. Bhim Rawal (@BhimRawal179) June 11, 2021

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट