ट्राफिक प्रहरीलाई मास्क, स्यानिटाइजर, पञ्जा र फेस सिल्ड-Sutra News

ट्राफिक प्रहरीलाई मास्क, स्यानिटाइजर, पञ्जा र फेस सिल्ड

शनिबार, २९ जेष्ठ २०७८

शनिबार, २९ जेष्ठ २०७८

काठमाडौं- पोखरा उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।



कोभिड-१९ को महामारीको समयमा अहोरात्र खटिने ट्राफिक प्रहरीको सुरक्षालाई दृष्टिगत गर्दै ती सामग्री हस्तान्तरण गरिएको पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।

सबैभन्दा जोखिम काममा खटिने ट्राफिक प्रहरीको सुुरक्षालाई ध्यानमा राखी मास्क, स्यानिटाइजर, पञ्जा र फेस सिल्ड प्रदान गरिएको उनले बताए ।

यसैबीच थोक व्यवसायी संघ कास्की तथा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले सक्दो चाँडो खोपको प्रबन्ध गरिदिन पोखरा उद्योग वाणिज्य संघसँग आग्रह गरेको छ ।

थोक व्यवसायी संघका अध्यक्ष लेखनाथ सुवेदी तथा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका अध्यक्ष राजु पौडेलले संघका अध्यक्ष नारायण कोइरालालाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।

ज्ञापनपत्र बुझ्दै संघका अध्यक्ष नारायण कोइरालाले सरकारले स्वीकृति दिए पोखरा उद्योग वाणिज्य संघ खोप ल्याउन तम्तयार रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट