युरोकपः पहिलो खेलमा इटालीको विजयी सुरुवात-Sutra News

युरोकपः पहिलो खेलमा इटालीको विजयी सुरुवात

शनिबार, २९ जेष्ठ २०७८

शनिबार, २९ जेष्ठ २०७८

काठमाडौं- शुक्रबारदेखि सुरु भएको युरोकपअन्तर्गतको पहिलो खेलमा इटालीले विजयी सुरुवात गरेको छ । रोममा शुक्रबार राति भएको खेलमा इटालीले टर्कीमाथि ३-० को जित निकालेको हो ।



तीनवटै गोल दोस्रो हाफमा भएका थिए । खेलको ५२ औं मिनेटसम्म कुनै गोल हुन सकेको थिएन । तर, ५३ औं मिनेटमा आत्मघाती गोलमार्फत इटाली अग्रता बनाउन सफल रह्यो । मेरि डेमिरलले आत्मघाती गोल गरेका थिए ।

त्यसपछि ६६ औं मिनेटमा सिरो इम्मोबाइलले इटालीको अग्रता दोब्बर बनाउँदा ७९ औं मिनेटमा लोरेन्जोले तेस्रो गोल थपे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट