प्रधानमन्त्रीको हत्या गर्न अफू नाथुराम बन्ने कांग्रेसका नेताको अभिव्यक्तिप्रति प्रवक्ताको आपत्ति-Sutra News

प्रधानमन्त्रीको हत्या गर्न अफू नाथुराम बन्ने कांग्रेसका नेताको अभिव्यक्तिप्रति प्रवक्ताको आपत्ति

शनिबार, २९ जेष्ठ २०७८

शनिबार, २९ जेष्ठ २०७८

काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न अफू नाथुराम गोड्से बन्ने घोषणा गरेपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।



वैद्यले अभिव्यक्तिको अराजक प्रयोग गरेर अभिव्यक्ति स्वतन्त्रताको हुर्मत लिएकाले उक्त अभिव्यक्ति फिर्ता लिदै आत्मआलोचना गर्न प्रवक्ता शर्माले आग्रह गरेका छन् । 

बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार बोल्दै कांग्रेस सांसद वैद्यले प्रधानमन्त्री ओलीको हत्या गर्नका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् ।

‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोली र ब्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन !’ प्रवक्ता शर्माले ट्वीटरमार्फत भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट