संविधान र लोकतन्त्रमाथि भित्र-बाहिरबाट आक्रमण: डा.भट्टराई-Sutra News

संविधान र लोकतन्त्रमाथि भित्र-बाहिरबाट आक्रमण: डा.भट्टराई

शनिबार, २९ जेष्ठ २०७८

शनिबार, २९ जेष्ठ २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाुबराम भट्टराईले संविधान र लोकतन्त्रमाथि भित्र/बाहिरबाट आक्रमण भइरहेको दोहोर्याएका छन् । केही दिनयता डा.भट्टराईले राष्ट्रियता गम्भीर संकटमा परेको भन्दै सबै सचेत रहनुपर्ने बताउँदै आएका छन् ।



शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठकमा सहभागी भई डा.भट्टराईले त्यस्तो सुझाव दिएका  हुन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै डा.भट्टराईले भनेका छन्, ‘सभामुखलाई पूर्वप्रधानमन्त्री र दलका नेताहरूको एउटै स्वरमा सुझाव- संविधान र लोकतन्त्रमाथि भित्र/बाहिरबाट आक्रमण भैरहेछ ससबै मिलेर बचाऊँ !’

सभामुख सापकोटाले दोस्रोपटक प्रतिनिधिसभा विघटन भएपछि छलफलका लागि सर्वदलीय बैठक बोलाएका थिए ।
विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट