काठमाडौं- बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएप्रति चौतर्फी आलोचना भएको छ ।
वैद्यको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले वैद्यले अपराधिक मनसायका साथ बोलेको जनाएका छन् ।
शनिबार ट्वीट गर्दै थापाले भने, ‘नरोत्तम वैद्यले अपराधिक मनसायका साथ बोले । मिसनवाला मिडियाले सुनेनन्, देउवा प्रचण्ड माधव र उपेन्द्र मौन छन्, कसैले बोली फिर्ता लिन र आत्मालोचना गर भनिरहेका छन्, नवकाँग्रेस जमातले यसो भनेको पाइन्छ । प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपर्छ ।’