सत्ताका लागि कांग्रेसले हिंस्रक योजना बनायोः विष्णु रिमाल-Sutra News

सत्ताका लागि कांग्रेसले हिंस्रक योजना बनायोः विष्णु रिमाल

शनिबार, २९ जेष्ठ २०७८

शनिबार, २९ जेष्ठ २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सत्ताका लागि कांग्रेसले हिंस्रक योजना बनाएको दाबी गरेका छन् ।



प्रधानमन्त्रीको हत्याको योजनासहित बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफू नाथुराम गौड्से हुन तयार रहेको बताएपछि रिमालले उनको कारबाहीको माग गर्दै यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् ।

रिमालले सत्ताका लागि कांग्रेसले कहाँ-कहाँ र कस्ता तानाबाना बुन्दैछ भन्ने खुल्दै जाने उल्लेख गरेका छन् ।

रिमालले बैद्यको भनाइलाई ‘टङ स्लिप’ मात्र भन्न नसकिने बताएका छन् ।

‘प्रदेशसभा सदस्य बैद्यको यो भनाइ टङ स्लिप मात्र नभइ काँग्रस हिंस्रक योजनाको नेतृत्व गर्दैछ भन्ने संकेत पनि हो ’ रिमालले ट्वीटरमा लेखेका छन्, ‘कांग्रेस र विपक्षी गठबन्धनले आफ्नो योजना थप स्पष्ट पारोस ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट