एमालेले भन्यो- वैद्यको अभिव्यक्ति आपराधिक छ [विज्ञप्तिसहित]-Sutra News

एमालेले भन्यो- वैद्यको अभिव्यक्ति आपराधिक छ [विज्ञप्तिसहित]

शनिबार, २९ जेष्ठ २०७८

शनिबार, २९ जेष्ठ २०७८

 काठमाडौँ । बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ ।



नेकपा एमालेले प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको बताएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै एमालेले यस्तो बताएको हो ।

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार बागमती प्रदेश सभाको बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राज बढेको भन्दै लागि एक जना नाथुराम गोट्सेको आवश्यकता परेको बताएका थिए । नाथुराम गोट्से भारतका महात्मा गान्धीका हत्यारा हुन् ।  

२९ जेठ, २०७८

प्रेस विज्ञप्ति

बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।

प्रदीप ज्ञवाली

प्रवक्ता

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट