प्रधानमन्त्रीको हत्या गर्ने अभिव्यक्ति दिएका सांसद वैद्यले मागे माफी-Sutra News

प्रधानमन्त्रीको हत्या गर्ने अभिव्यक्ति दिएका सांसद वैद्यले मागे माफी

शनिबार, २९ जेष्ठ २०७८

शनिबार, २९ जेष्ठ २०७८

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन् ।



आज बसेको प्रदेशसभाको बैठकमा बोल्दै उनले दिएको अभिव्यक्तिप्रति माफी मागेका हुन् ।  

बिहीबार बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू गोड्से बन्न तयार रहेको बताएका थिए ।

उनको अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरुले आपत्ति जनाएका थिए ।

नेकपा एमालेले प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको बताएको थियो ।

त्यस्तै नेपाली कांग्रेसले पनि वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षणलगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको थियो । पार्टीले आज विज्ञप्तिमार्फत प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी नै पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेतसमेत गराएको थियो ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट