ट्र्याक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु-Sutra News

ट्र्याक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु

शनिबार, २९ जेष्ठ २०७८

शनिबार, २९ जेष्ठ २०७८

बागलुङ नगरपालिका–६ लहरे पिपलमा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 



ठक्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमला कुमारी शर्माको मृत्यु भएको वडा सचिव रुद्र केसीले जानकारी दिए ।

ग १ त ६३०३ नंको ट्रयाक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको वडा सचिव केसीको भनाइ छ । 

मृतक शर्मा सोही गाउँको काफल ठुटा आधारभूत विद्यालयकी शिक्षिका हुन् । प्रहरीले ट्रयाक्टर चालक सुरेश नेपाली र सहचालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट