काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ‘केपी शर्मा ओली भाइरस’ पोखरामा पनि सल्किएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा डा.भट्टराईले ओली भाइरसबारे भ्रममा नपरेर सशक्त प्रतिकार गर्नुपर्ने बताएका छन् ।
‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है । यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो । अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं,’ डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं । ओली भाइरसलाई सदाकोनिम्ति अन्त्य गरौं ! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं !’