पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयअघि धर्नामा-Sutra News

पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयअघि धर्नामा

शनिबार, २९ जेष्ठ २०७८

शनिबार, २९ जेष्ठ २०७८

काठमाडौं- कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयअघि धर्नामा बसेका छन् । विश्वासको मत नपाएका पृथ्वीसुब्बा गुरुङले फेरि मुख्यमन्त्रीमा दाबी गरेपछि कांग्रेसका कृष्णचन्द्र नेपाली आफूलाई समर्थन गरेका सांसदको दलबलसहित प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका हुन् ।



६० सदस्यीय प्रदेशसभामा ३१ जना सांसद बहुमतको हस्ताक्षर बुझाएका नेपालीलाई स्वभाविक रुपमा नियुक्ति हुनुपर्ने दाबीसहित मुख्यमन्त्रीको कार्यालय पुगेका हुन् । गुरुङले एमालेका २७ र जनमोर्चाका एक सांसदको हस्ताक्षरसहित दाबी गरेका हुन् । मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले दिउँसो ३ बजेसम्मको समय दिएका थिइन् ।

नेपालीलाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ एक स्वतन्त्र सांसदसहति ३१ सांसदको समर्थन छ । स्वतन्त्र सांसद दीपक मनाङ्गेले पनि उनलाई समर्थन लिएका छन् । संविधानको धारा १६८ (५) को मुख्यमन्त्रीमा दुवै पक्षले दाबी गरेपछि केन्द्रको घटना गण्डकीमा पनि दोहोरिने हो कि भन्ने आंशका नेपाली पक्षले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट