गण्डकीमा शीतल निवासमा झैं षडयन्त्र नगरः कांग्रेस प्रवक्ता-Sutra News

गण्डकीमा शीतल निवासमा झैं षडयन्त्र नगरः कांग्रेस प्रवक्ता

शनिबार, २९ जेष्ठ २०७८

शनिबार, २९ जेष्ठ २०७८

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शीलत निवासको झैँ पडयन्त्र पोखरामा नदोहोरिसोस् भन्दै सचेत गराएका छन् ।



आइतबार विश्वासमको मत गुमाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैकल्पिक सरकारको दाबीले षडयन्त्रको आशंका बढाएको बताउँदै पोखरामा दाहोर्याउन सचेत गराएका हुन् ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले नेपाली कांग्रेसहितको गठबन्धनमा बहुमत सांसदको हस्ताक्षर मात्र नभएर सशरीर उपस्थित भएकाले षडयन्त्र नगर्न आग्रह गरेका छन् ।

कब्जा शैलीमा राष्ट्रपतिको दुरुपयोग झैँ विश्वासको मत दुई अघि गुमाएका व्यक्तिको पुनः मुख्यमन्त्रीको दावा शंस्कास्पद भएको उनको भनाइ छ ।

बिहीबार मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः पदमुक्त भएका थिए । प्रदेश प्रमुखले सरकार आह्वानका लागि दिएको समयसीमा आज दिउँसो ३ बजे सकिन लाग्दा मुख्यमन्त्री गुरुङ सरकारमा आफ्नो पनि दाबी पेश गरेका थिए ।

त्यसअघि शुक्रबार नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीको दाबी गर्दै ३१ जना सांसदको सशरीर हस्तार बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट