काठमाडौं- नेपाली कांग्रेसले १४औँ महाधिवेशनको कार्यतालिका फेरबदल गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको शीर्ष नेताहरूको बैठकले भदौमै महाधिवेशन गर्ने गरी कार्यतालिका फेरबदल गर्ने निर्णय गरेको हो ।
बैठकले शीर्ष नेताहरूका बीचमा नयाँ कार्यतालिकाबारे साझा धारणा बनाएर केन्द्रीय समितिमा आगामी बैठकमा प्रस्तावको रूपमा पेस गर्ने निर्णय गरेको छ ।
बैठकले भदौको १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी महाधिवेशनको कार्यतालिका फेरबदल गर्ने प्रस्ताव पारित गरेको सहमहामन्त्री डा.प्रकाशशरण महतले बताए ।