मातृभूमिको सुरक्षामा सशस्त्रको योगदान महत्वपूर्णः गृहमन्त्री-Sutra News

मातृभूमिको सुरक्षामा सशस्त्रको योगदान महत्वपूर्णः गृहमन्त्री

शनिबार, २९ जेष्ठ २०७८

शनिबार, २९ जेष्ठ २०७८

काठमाडौं- गृहमन्त्री खगराज अधिकारीले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरी राष्ट्र र नागरिकको सेवा र सुरक्षामा भए गरेका काम कारवाहीबारे जानकारी लिएका छन् ।



उक्त निरीक्षण पश्चात आयोजित समारोहमा गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी कर्मचारीले सीमा सुरक्षामा पु¥याएको योगदान र राष्ट्र तथा नागरिकको सेवा–सुरक्षामा पु¥याएको योगदानको प्रशंसा गरे ।

सदियौँदेखि सार्वभौम सम्पन्न सगरमाथाको देश नेपालको सीमा सुरक्षामा कटिबद्ध भई सुरक्षाकर्मीले मातृभूमिको सुरक्षार्थ जिम्मेवारी निर्वाहमा प्रदर्शन गरेको क्षमता महत्वपूर्ण रहेको उनको भनाइ थियो । मन्त्री अधिकारीले भने, ‘कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालबाट दिईएको सेवा तथा सुविधा अब्बल छ, भूकम्पजस्ता महामारीमा साधन श्रोतको अभावकाबीच सशस्त्र प्रहरीले गरेको कार्यको सम्मान प्रकट गर्न चाहन्छु ।’

गृहमन्त्री अधिकारीले मन्त्रालय आवश्यक साधनश्रोत, जनशक्ति र वृृत्ति विकासको कार्यमा सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

उनले कार्यक्षेत्रमा पूर्ण व्यावसायिक र उच्च मनोवलकासाथ क्रियाशिल हुन ससस्त्रका प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले समायानुकुल राशन व्यवस्थापन, वृत्ति विकास, बढुवा तथा थप जनशक्तिको लागि मन्त्रालयले सम्भव भएसम्म पहल गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट