काठमाडौं- युरोकप २०२० समूह ‘बी’ अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियमले रसियाबिरुद्ध सानदार जित हात पारेको छ । खेलमा बेल्जियले रसियाविरुद्ध ३-० को फराकिलो जित हासिल गरेको हो ।
खेलको सुरुआती १० मिनेटमा नै रोमेलु लुकाकुले पहिलो गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ३४ औँ मिनेटमा बेल्जियमका थोमस म्युनियरले गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको ८८ औँ मिनेटमा लुकाकुले बेल्जियमका लागि तेस्रो गोल गरेका थिए । उपाधिको दावेदार मानिएको बेल्जियमले रसियामाथि दबाब कायम गरेको थियो । खेल जितेसँगै बेल्जियमले ३ अंक पाएको छ ।