काठमाडौं- शनिबार फिनल्यान्ड युरोकपको डेब्यू खेलमा मैदानमा उत्रिएको थियो । फिनल्यान्डले युरोकपको प्रतिष्पर्धामा यसै सिजन अर्थात् ‘युरो २०२०’ बाट डेब्यू गरेको हो ।
तर, डेब्यू खेलमा डेनमार्कलाई हराउँदै फिनल्यान्डले सुखद् सुरुआत गर्यो । फिनल्याण्डले डेनमार्कलाई १-० गोल अन्तरले पराजित गर्दै डेब्यू खेलमा विजयी सुरुआत गरेको हो ।
पहिलो हाफ गोलरहित बनेको खेलमा फिनल्यान्डका लागि जोयल फन्जापलोले ५९औँ मिनेटमा पहिलो गोल गरेका थिए । सोही गोल निर्णायक बन्यो ।
डेनमार्कले एक पटक पेनाल्टीको अवसर पाएको थियो । तर, उक्त अवसर गोलमा परिणत गर्न नसक्दा डेनमार्क हार व्यहोर्न बाध्य भयो ।
पहिलो हाफको अन्त्यमा डेनमार्कका खेलाडी क्रिस्टन एरिक्सन मैदानमा अनियन्त्रित भएर लड्न पुगेका थिए । जसबाट उनको स्वस्थ्यमा असर देखिएको थियो ।
उनी लडेसँगै खेल मैदान तथा उपस्थित दर्शक स्तब्ध बनेका थिए । अस्पताल पुर्याएर उपचार गरेपछि उनको स्वस्थ्य स्थितिमा सुधार आएको छ ।
युरोकप २०२० को समूह ‘बि’ अन्तर्गतको पहिलो खेल जितेपछि फिनल्याण्डले ३ अंक पाएको छ ।