काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको बताएका छन् ।
गण्डकी प्रदेशमा शनिबार कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेपछि आइतबार बिहानै शुभकामना दिंदै थापाले यस्तो बताएका हुन् ।
थापाले भने, ‘गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुभएकोमा कृष्णचन्द्र नेपालीलाई हार्दिक वधाइ शुभकामना ! राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको छ । झन् प्रदेश सरकारहरूले त आफ्नो अस्तित्व बोध नै गराउन नसकेको अवस्थामा अब कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्छ । हार्दिक शुभकामना ।’