काठमाडौं- रौतहटमा एक श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । घरायसी विवादमा एसिड प्रहार गरिएको प्रहरीले जनाएको छ ।
रौतहटको चन्द्रपुर नगरपापिलका–४ की ३८ वर्षीया दिपिका विकलाई उनका ४२ वर्षीय श्रीमान दिपक विकले एसिड प्रहार गरेका हुन् ।
पीडित महिलाको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको शरीरको करिब १८ प्रतिशत भाग जलेको छ । उनको देब्रे हात र पेट जलेको छ।
श्रीमानले दिपिकालाई कुट्दा विवाद भएको थियो । विवादपछि बाहिर निस्केका श्रीमानले फर्किएर आउँदा बोतलमा ल्याएको एसिड छ्यापेका थिए । प्रहरीले दिपकलाई पक्राउ गरेको छ ।