ढल्न लागेको बागमती सरकार तत्कालका लागि यसरी भयो सुरक्षित-Sutra News

ढल्न लागेको बागमती सरकार तत्कालका लागि यसरी भयो सुरक्षित

आइतबार, ३० जेष्ठ २०७८

आइतबार, ३० जेष्ठ २०७८

एमालेको विवादका कारण अहिले प्रदेश सरकारमा चुनौती खडा भएको छ । एमालेको ओली पक्ष र माधव नेपाल पक्षबीचको राजनीतिक टकराबका कारण प्रदेश सरकार ढलिसकेको छ भने केही ढल्ने क्रममा छ ।



आन्तरिक विवादका कारण गण्डकीमा एमालेको सरकार ढलेपनि एमालेकै सरकार भएको बागमती प्रदेश भने अहिलेलाई ढल्ने सम्भावना टरेको छ । बागमती प्रदेशमा एमालेका २ पक्षहरु मिलेपछि बागमती प्रदेश सरकार तत्कालका सुरक्षित भएको हो ।

केन्द्रको विवादपछी एकताका बागमतीमा पनि एमालेको सरकार ढल्छ भन्ने धेरैको आंकलन रहेको थियो । माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा वैकल्पिक सरकार बनाउन भन्दै सरकारविरुद्ध अविश्वास प्रस्ताव समेत दायर गरिएको थियो ।

मुख्यमन्त्रीमा आफ्नो दावी गरेकी नेतृ अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री डोरमणि पौडेलसँग एकजुट हुन खोजेपछि बागमती प्रदेश तत्कालका लागि ढल्नबाट जोगिएको हो ।   

त्यस्तै मुख्यमन्त्री पौडेलले यसअघि माधव पक्षका सांसदलाई गरिएको कारवाही (स्पष्टीकरण) फिर्ता लिन तयार भएको संकेत गरेका छन् । कारवाही फिर्ता भए एमालमा विग्रह हुने संभावना झन कम हुँदै जान्छ ।   

बागमती प्रदेशमा एमालेको बहुमत छ । माधव नेपाल पक्षका १५ जना सांसद छन् । माधव पक्षले साथ छोडे पौडेल नेतृत्वको बागमती प्रदेश ढल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट