गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी सरकार जुनसुकै बेला परिवर्तन हुन सक्ने बताएका छन् ।
आइतवार मुख्यमन्त्री निवासमा पत्रकारसँग कुरा गर्दै नेता गुरुङले यस्तो बताएका हुन् ।
त्यस्तै उनले उनले सरकारको नेतृत्व तलमाथि हुन सक्ने स्वभाविक भएको उल्लेख गर्दै गण्डकी सरकार ५ वर्ष नै चल्नुपर्ने बताएका छन् ।
विश्वासको मत गुमाइसकेका नेता गुरुङले संविधानको धारा १६८ (५) बमोजिम आफूले पनि सरकारको दाबी गरेको विषयलाई स्वीकारेको बताएका छन्।
गत २७ गते विश्वासको मत गुमाएसँगै गुरुङ मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । प्रदेश प्रमुख सीताकुमारी पौडेलले हिजो नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् ।