काठमाडौंमा निषेधाज्ञा खुकुलो – केके गर्न पाइन्छ ?-Sutra News

काठमाडौंमा निषेधाज्ञा खुकुलो – केके गर्न पाइन्छ ?

आइतबार, ३० जेष्ठ २०७८

आइतबार, ३० जेष्ठ २०७८

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुने भएको छ ।



काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

असार १ गतेदेखि लागु हुने निषेधाज्ञामा खाद्यान्न र पुस्तक पसल बिहान ११  बजेसम्म खोल्न पाइने छ ।

खेतमा काम गर्ने समय भएकोले कृषि कार्य सञ्चालन गर्न दिने गरि नियम बनाइएको छ । त्यस्तै होटल रेष्टुरेन्टले टेक-अवे सेवा दिन सक्ने भएका छन् ।

नयाँ मोडालिटीमा हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने भएको छ ।

त्यस्तै विदेश जान लागेकाहरुलाई लक्षित गर्दै भिसा लिनका लागि सहजिकरण हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट