जसपाको विज्ञप्ति – गण्डकीमा एमालेलाई समर्थन गर्ने व्यक्ति साधारण सदस्यसमेत नरहेको दाबी [विज्ञप्तिसहित]-Sutra News

जसपाको विज्ञप्ति – गण्डकीमा एमालेलाई समर्थन गर्ने व्यक्ति साधारण सदस्यसमेत नरहेको दाबी [विज्ञप्तिसहित]

आइतबार, ३० जेष्ठ २०७८

आइतबार, ३० जेष्ठ २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले गण्डकी सरकारका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गर्ने व्यक्ति जसपाको साधारण सदस्यसमेत नभएको दावी गरेको छ ।



पार्टीले आइतवार एक विज्ञप्ति जारी गर्दै गुरुङलाई समर्थन गर्ने अनिल परियार भन्ने व्यक्ति पार्टीको साधारण सदस्यसमेत नरहेको जानकारी गराएको हो ।

जसपद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ”गण्डकी प्रदेश सरकार गठनको शिलशिलामा जनता समाजवादी पार्टी नेपालको नाममा गण्डकी प्रदेश समितिको अध्यक्ष भनी अनिल परियार भन्ने व्यक्तिले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै जसपा नेपालको निर्णय र नीति विपरीत प्रदेश प्रमुखलाई पत्र लेखेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

परियारले नक्कली लेटरप्याड र स्ट्याम्प बनाएर अनैतिक कार्य गरेको जसपाको ठहर छ ।

jasapaaa 123.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट