काठमाडौँ । संवैधानिक परिषदको वैशाख २६ गतेको बैठकले विभिन्न संवैधानिक आयोगमा गरेका नियुक्ति रोक्नका लागि सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले नियुक्ति बदरको मागसहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री , संवैधानिक परिषद्का् सचिवालय र सभामुखलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
राष्ट्रपति विद्या देवी भण्डारीले गत वैशाख २१ मा मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेकी थिइन् ।