काठमाडौं- गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा पार्टीबाट शुक्रबार निष्काशित नेता कृष्ण थापाले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिएर प्रतिगामी कदम चालेको आरोप लगाएका छन् ।
गण्डकी सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघमा पूर्वप्रधानमन्त्रीलाई जस्तै गण्डकी प्रदेशमा पनि पूर्वमुख्यमन्त्रीलाई सेवासुविधा दिनेबारे छलफल भएको थियो । गण्डकी सरकारले गरेको यो छलफलमाथि जनमोर्चाबाट कारबाहीमा परेका थापाले टिप्पणी गरेका हुन् ।
‘कोभिड–१९ ले जनता आहात भएको बेला गण्डकीका अग्रगमनका मुख्यमन्त्रीले पहिलो बैठकमा पुर्वमुख्यमन्त्रीलाई सेवा सुविधा दिने ऐन ल्याई सुविधा दिनु प्रतिगामी कदम,’ थापाले फेसबुकमा लेखेका छन् ।