काठमाडौं- नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यविरुद्ध मुद्धा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वैद्यविरुद्ध आपराधिक दुरुत्साहनमा मुद्धा दर्ता भएको हो । मकवानपुरका प्रहरी प्रमुख सोमेन्द्रसिंह राठौरले मुद्दा दर्ता भएको बताए ।
दुई दिनअघि सांसद वैद्यले संसद बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आवश्यक परे आफू नाथुराम गोड्से पनि बन्न तयार रहेको बताएका थिए ।
चर्को आलोचना भएपछि उनले शनिबार सार्वजनिकरुपमा माफी मागेका थिए ।