काठमाडौं- काठमाडौं महानगरपालिका-३२ महादेवस्थान बस्ने ४५ वर्षीय विनय मल्लको घरबाट करिब तीन लाख नगद आज चोरी भएको छ ।
भुइँ तलाको आगन्तुक कोठा खुलै रहेको अवस्थामा सुटकेशमा राखेको उक्त नगद चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी जारी छ ।
यसैबीच काठमाडौं महानगरपालिका-६ बौद्धस्थित रामबहादुर तामाङको घरको दोस्रो तलामा हाल एक महिला मृत फेला परेकी छिन् ।
मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको पहिचान समेत खुलेको छैन ।