प्रधानमन्त्री ओलीको जीवन रक्षा गर्न प्रदेश सांसदको माग-Sutra News

प्रधानमन्त्री ओलीको जीवन रक्षा गर्न प्रदेश सांसदको माग

आइतबार, ३० जेष्ठ २०७८

आइतबार, ३० जेष्ठ २०७८

काठमाडौं- कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गरेकी छिन् ।



प्रदेशसभाको आठौँ अधिवेशनको सातौँ बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य रखालले प्रधानमन्त्री ओलीको जीवन रक्षा हुनुपर्ने धारणा राखेकी हुन् ।

‘मान्छे मार्छु भन्ने सर्वसाधारणलाई ज्यान मार्ने कसुरमा मुद्दा चल्छ भने प्रदेशसभा सदस्यको हकमा के कानून छ र ?’ प्रश्न गर्दै उनले भनिन्, ‘त्यसैले म भन्न चाहन्छु, सांसदले रोष्टमबाट मान्छे मार्ने अभिव्यक्ति दिएपछि उनलाई कारवाही हुन्छ कि हुँदैन ? त्यसैले यस्ता हिंस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन ।’

उनले प्रधानमन्त्री ओलीको जीवन रक्षाका लागि पनि त्यस्तो अभिव्यक्ति दिने सांसदलाई हिरासतमा राखी कारवाही माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट