इन्डोनेसियामा फेब्रुअरीपछि पहिलोपटक कोरोना संक्रमितको संख्या उच्च-Sutra News

इन्डोनेसियामा फेब्रुअरीपछि पहिलोपटक कोरोना संक्रमितको संख्या उच्च

आइतबार, ३० जेष्ठ २०७८

आइतबार, ३० जेष्ठ २०७८

काठमाडौं- इन्डोनेसियामा आइतबार २४ घण्टामा कोभिड-१९ बाट थप संक्रमितको सङ्ख्या नौ हजार ८६८ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



पछिल्लो तथ्याङ्कअनुसार इन्डिोनेसियामा अहिलेसम्म १९ लाख ११ हजार ३५८ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

मृत्यु भएका कोभिड-१९ संक्रमितको सङ्ख्या आइतबार थपिएको १४९ सहित ५२ हजार ८७९ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमण भई निको हुनेको सङ्ख्या चार हजार ६५५ रहेको बताइएको छ । यो सङ्ख्या थप संक्रमितको सङ्ख्याभन्दा झण्डै ५० प्रतिशतले कम हो ।

दक्षिणपूर्वी यस मुलुकमा अहिलेसम्म कूल १७ लाख ४५ हजार ९१ व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । भाइरस संक्रमण देशका २४ प्रान्तहरूमा फैलिएको छ ।

विशेष गरी बितेको २४ घण्टामा जकार्तामा दुई हजार ७६९ व्यक्तिमा थप संक्रमण पुष्टि भएको छ भने सेन्ट्रल जाभामा दुई हजार ५७९ पश्चिम जाभामा एक हजार २४२, यज्ञकार्टामा ४६६ र पूर्वी जाभामा ४१८ व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

देशको पश्चिम सुलावेसी प्रान्तमा कुनै नयाँ संक्रमित नभेटिएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट