आज र भोलि काठमाडौं महानगरका यी ठाउँमा लगाइन्छ कोरोना खोप (सूचनासहित)-Sutra News

आज र भोलि काठमाडौं महानगरका यी ठाउँमा लगाइन्छ कोरोना खोप (सूचनासहित)

सोमबार, ३१ जेष्ठ २०७८

सोमबार, ३१ जेष्ठ २०७८

काठमाडौं- काठमाडौं महानगरपालिकाले ६० देखि ६१ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्ध आज (सोमबार) र भोलि (मंगलबार) खोप लगाउने भएको छ । चिनियाँ खोप (भेरोसेल) को पहिलो मात्रा जेठ ३१ गते र असार १ गते लगाइने भएको हो ।



यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएको थियो । खोप अभावपछि उक्त कार्यक्रम स्थगित गरिएकोमा आज र भोलि खोप लगाउन लागिएको महानगरले जानकारी दिएको छ ।

वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा गएर खोप लगाउन सकिन्छ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेभित्र खोप लगाउन सकिन्छ । परिचय खुल्ने कागजपत्र लिएर खोप लगाउन सकिन्छ ।

sytra31.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट