बाबुरामले लगाए निर्वाचन आयोगलाई यस्तो गम्भीर आरोप-Sutra News

बाबुरामले लगाए निर्वाचन आयोगलाई यस्तो गम्भीर आरोप

सोमबार, ३१ जेष्ठ २०७८

सोमबार, ३१ जेष्ठ २०७८

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् । आयोगले आइतबार साँझ अध्यक्ष महन्थ ठाकुर पक्षले अर्को पक्ष यादव-डा.भट्टराई र यादव-डा.भट्टराई पक्षले महन्थ ठाकुर पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिएपछि डा.भट्टराईले आपत्ति जनाएका हुन् ।



जसपामा एकले अर्को पक्षलाई गरेको कारबाहीलाई निर्वाचन आयोगले मान्यता दिएन जसपामा एकले अर्को पक्षलाई गरेको कारबाहीलाई निर्वाचन आयोगले मान्यता दिएन

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा निरंकुश शासकको छायामुनि टाक्सिएको निर्वाचन आयोगले नेकपापछि जसपालाई पनि’ हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो’ भन्ने सिद्धान्तको प्रयोग गरेर नष्ट गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

‘ओलीतन्त्र’ मा संविधान, लोकतन्त्र सँगसँगै राजनीतिक दलहरू पनि समाप्त हुने भए भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट