देशभरि मनसुन सक्रिय, भारी वर्षाको सम्भावना-Sutra News

देशभरि मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

सोमबार, ३१ जेष्ठ २०७८

सोमबार, ३१ जेष्ठ २०७८

काठमाडौं- आइतबारदेखि मनसुन देशभरि फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको चौथो विशेष मौसम बुलेटिनअनुसार जेठ २८ गते पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन आजबाट देशैभर फैलिएको हो ।



यस साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट