काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट सरकारमा सहभागी मन्त्रीहरूलाई अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोधेका छन् ।
पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरूलाई स्पष्टीकरण सोधेका हुन् ।
अध्यक्ष यादवले ‘पार्टीको कुन निर्णयबाट सरकारमा सहभागी भएको’ भनेर सोधिएको बताए । उनको भनाइमा स्पष्टीकरण बुझाउन सात दिनको म्याद दिइएको छ ।
केपी ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् ।